• होमपेज
  • तग्रिदै ज्योति विकास बैंक

तग्रिदै ज्योति विकास बैंक

तग्रिदै ज्योति विकास बैंक

ज्योति विकास बैंक दर्जनौ घटना उपघटना पार गर्दै २ अर्व ५० करोड पूँजीको नजिक पुगेको छ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको ठूलो लगानी भएको ज्योति विकास बैंक एकाएक नेपालकै ठूलो विकास बैंक बन्नु आफैमा राम्रो हो ।
एउटा विकास बैंकलाई मर्जर गराई १००% बोनस शेयर दिदै बैंकले २ अर्ब ५० करोड पुँजी पु¥याउने छेउछाउमा पुगेको छ । राष्ट्रिय बाणिज्य बैंकमा लामो समय काम गरेका कृष्ण बहादुर कुवँर ज्योति विकास बैंकमा सिइओ भएर आएपछि बैंकको अनुहार नै फेरिएको देखिन्छ ।
बैद्धिक र बंैकिङ नम्र्स बुझेका सिइओ कुवँरको अथक मेहनत र दरिलो आँटकै कारण बैंकले काँचुली फेरेको एक संचालकले राजतिलक साप्ताहिकसँग बताए ।
लो प्रोफाइलमा बसेर बैंक हाकेका सिइओ कृष्ण बहादुर कुँवरको अनुभव र परिश्रमकै कारण बैंकले १०० प्रतिशत राइट र केही प्रतिशत बोनस शेयर लगानीकर्तालाई खुवाउदै बैंकको पूँजी पु¥याउने भएका छन् । दर्जनौ खराब कर्जाको व्यवस्थापन गर्दै बैंकलाई करर्पोरेट शुसासन र ग्रामीणमुखी बैंक बनाउदै लैजाने बैंकको योजना रहेको एक सञ्चालकले बर्ताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका