सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राष्ट्रिय बिउबिजन कम्पनीमा नियमविपरित बिउ–विषादी खरिद

राष्ट्रिय बिउबिजन कम्पनीमा नियमविपरित बिउ–विषादी खरिद

9965
Shares
राष्ट्रिय बिउबिजन कम्पनीमा नियमविपरित बिउ–विषादी खरिद

राष्ट्रिय विउविजन कम्पनीका प्रवन्ध सञ्चालक धर्मराज अधिकारीले नियमविपरीत बिउविजन र भाईटाजिन नामक विषादी खरिद गर्ने गरेको पाईएको छ ।राष्ट्रिय विउ बिजन कम्पनीले अनुदानको कार्यक्रमका लागी खरिद गर्ने बिउबिजन र विषादी कम्पनी सञ्चालकहरु संलग्न रहेको कम्पनीबाट खरिद गर्न नपाउने कानुनी ब्यवस्था छ । तर कम्पनीका प्रवन्ध सञ्चालक अधिकारीले सञ्चालक समितीको सदस्य भक्त प्रसाद तिमल्सिनाको कम्पनीबाट गहुँ, धान लगायतका विउ खरिद गर्दै आएका छन् । ‘विउ–विजन कम्पनी ऐन २०६३’ को दफा ९३ ले कम्पनीको संचालक संलग्न रहेको निजी कम्पनीहरुसँग आर्थिक कारोवार गर्न नहुने ब्यवस्था गरेको छ ।
सञ्चालक समितिका सदस्य भक्त प्रसाद तिमिल्सिनाले रौतहटमा ‘सामुहिक बिज वृद्धि कम्पनी प्रा.लि’ सञ्चालन गरेका छन् । अधिकारीले कागजी प्रक्रिया मिलाएर भक्तको सामुहिक बिज वृद्धि कम्पनीबाट अनुदानका लागी आवश्यक बिउ खरिद गर्ने गरेको कृषि मन्त्रालयका एक अधिकृतले जानकारी दिए ।
‘प्रवन्ध सञ्चालक र भक्त तिमल्सिनाले मिलेमतोमा टेण्डर हाल्छन्’ नाम उल्लेख नगर्ने शर्तमा मन्त्रालयमा एक अधिकृतले भने, ‘करोडौँको बिउबिजन भक्तकै कम्पनीबाट नियमविपरीत खरिद गरेको भेटिएको छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा छल्न प्रवन्ध सञ्चालक अधिकारीले अन्य कम्पनीहरुबाट देखावटी रुपमा मात्र थोरै मूल्यको बिउ बिजन खरिद गर्ने गरेका छन् ।कम्पनी ऐन २०६३ को दफा ९३ मा संचालक संलग्न रहेको कम्पनीसँग कारोबार गर्न नहुनेकुरा उल्लेख छ । यसो हुँदाहुँदै भक्त प्रसाद तिमल्सिनाको आफ्नै भाई केशव प्रसाद तिमल्सिना र छोरा सुनिल तिमल्सिना प्रोप्राईटर रहेको ‘राईजिङ स्टार प्रा.लि’ नामक कम्पनीबाट धर्मराजले हरेक बर्ष ‘भाईटाजिन’ नामक विषादी ५–६ टन खरिद गर्ने गरेका छन् । त्यस्तै अनुदान कार्यक्रमका लागी आवश्यक जुट ब्याग पनि हरेक बर्ष ६० देखि ७० हजार थान भक्तप्रसादबाटै खरिद गरेर कारोबार गर्ने गरेको खुलेको छ ।
यसरी नियमविपरीत किन अनुदानको सामाग्री खरिद गरेको भन्ने जिज्ञासामा राष्ट्रिय विउविजन कम्पनीका प्रवन्ध सञ्चालक धर्मराज अधिकारीले टेण्डर आह्वान गर्दा बोर्डका सदस्यको परिवारको कोही कम्पनी भएमा हाल्न सक्ने तर कृषि विकास मन्त्रालयको रोहवरमा कम्पनीको खरिद समितिले सामान किन्ने बताए ।उनले भने, ‘एमडीले टेण्डर खोल्न अनुमती मात्र दिने हो, नियमविपरीत भएको भए टेण्डर स्वीकृत गर्ने कमिटीले स्विकृत नै गर्ने थिएन नि ।’

9965
Shares

ट्रेन्डिङ