सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कैलाली क्रिकेट एकेडेमी सेमिफाइनलमा

कैलाली क्रिकेट एकेडेमी सेमिफाइनलमा

5350
Shares
कैलाली क्रिकेट एकेडेमी सेमिफाइनलमा

धनगढी, २४ वैशाख । कैलालीको अत्तरीयामा जारी ‘रुस्लान अत्तरीया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीले बारा क्रिकेट एकेडेमीलाई आठ विकेटले पराजित गरेको छ ।
जितसँगै कैलाली जिल्ला क्रिकेट एकेडेमी प्रतियोगिाताको सेमिफाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा टस जितेर व्याटिङ गरेको बारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाएर ६७ रन बनायो । ६८ रनको विजय लक्ष्य कैलालीले १२ ओभरमा दुई विकेट गुमाउँदै पुरा ग¥यो । कैलालीका लागि मन्जु विष्टले अविजित ३३ रन तथा कविता कुँवरले २२ रन बनाए । बलिङतर्फ बाराकी सामना पुनले एक विकेट लिइन ।
यसअघि बारा क्रिकेट एकेडेमीका लागि सरस्वती पुनले १९ तथा ममता चौलागाईले १० रन बनाए । बलिङतर्फ कैलालीका सुमन विष्टले दुई तथा कविता कुँवर, अन्जली चन्द र लक्ष्मी साउदले एक÷एक विकेट लिए । कैलालीकै मन्जु वोगटी ‘वुमन अफ द म्याच’ घोषित भइन । सोमबार पहिलो सेमिफाइनल खेल समुह ‘ए’को विजेता शसस्त्र प्रहरकिो एपिएफ क्लब र समुह ‘वी’का बीच तथा अर्को सेमिफाइनल खेल समुह ‘वी’ को विजेता राइजिङ क्रिकेट वुमन र समुह ‘ए’को उपविजेता मिलन क्रिकेट एकेडेमी झापाका बीच हुने आयोजकले जनाएको छ । रासस

5350
Shares

ट्रेन्डिङ