सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा अब मिक्स्ड लकडाउन

काभ्रेमा अब मिक्स्ड लकडाउन

10660
Shares
काभ्रेमा अब मिक्स्ड लकडाउन

काभ्रे जिल्लामा निषेधाज्ञाको नयाँ रुप मिक्स लकडाउन हुने भएको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले आज (विहिबार) रातीदेखि आगामी १५ गतेसम्म मिक्स्ड लकडाउन गर्र्ने निर्णय गरेको हो ।

यो अवधिमा सबै पसलहरु विहान ६ बजेदेखी साँझ ७ बजेसम्म मात्रै स्वास्थ्यका मापदण्ड पालना गरेर संचालन गर्न पाइने छ । विकास निर्माणका सामाग्री ढुवानी गर्ने सवारी साधन भने साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म मात्रै संचालन गर्न पाइने सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला बाहिर निर्माण सामाग्री लैजानु परेमा राती ९ बजेदेखी बिहान ५ बजेसम्म पाईने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । सार्वजनिक तथा नीजि सवारीको हकमा पनि सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भनिएको छ ।

10660
Shares

ट्रेन्डिङ