सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • भुम्लुका सभापति दावा लामाद्वारा पहरी समुदायलाई खानेपानीको पाईप हस्तान्तरण

भुम्लुका सभापति दावा लामाद्वारा पहरी समुदायलाई खानेपानीको पाईप हस्तान्तरण

6370
Shares
भुम्लुका सभापति दावा लामाद्वारा पहरी समुदायलाई खानेपानीको पाईप हस्तान्तरण

 

काभ्रे : नेपाली काँग्रेस भुम्लु गाउँपालिकाका सभापति दावा लामाले पहरी बस्तीका लागि खानेपानीको पाईप हस्तान्तरण गर्नुभएको छ ।

सभापति लामाले खानेपानीको अभाब झेलिरहेका भुम्लु गाउँपालिका वडा नम्बर ३ भुसीका पहरी गाउँका लागि २ हजार लिटरको ड्रम १ थान र ९०० मिटर पाइप हस्तान्तरण गर्नु भएको हो ।

सभापति लामाले भुसीमै पुगेर ड्रम र पाईप स्थानीय पहरी समुदायलाई हस्तान्तरण गर्नु भएको हो । ड्रम र पाईप पाउँदा स्थानीय निकै खुशी भएका थिए । स्थानीयले उनीहरुले निकै ठूलो राहत महशुस गरेका छन् ।

सभापति लामाले अन्य सहयोग पनि गर्दै जाने बताउनुभयो । ‘मेरो अरू कुनै उद्देश्य छैन् । तपाईहरूले आवश्यकता भएको कुरा भन्नु पर्यो । स्रोत जुटाउने जिम्मा मेरो भयो । म तपाईहरूको हरेक दुःखमा साथ दिन तयार छु । सभापति लामाले भन्नुभयो ।’

 

6370
Shares

ट्रेन्डिङ