सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • रवि लामिछाने भोलि जन्म जिल्ला काभ्रे आउदै

रवि लामिछाने भोलि जन्म जिल्ला काभ्रे आउदै

23440
Shares
रवि लामिछाने भोलि जन्म जिल्ला काभ्रे आउदै

काभ्रे : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने भोलि शनिबार आफ्नो जन्म स्थल काभ्रे आउने भएका छन् । उनी भोलि पाँचखाल र मन्डनदेउपुर नगरपालिकामा पार्टीको कार्यक्रमका लागि आउने भएका हुन् ।

पार्टीको नगर सभालाई सम्बोधन गर्न केन्द्रिय सभापति लामिछाने आउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक प्रविन ढकालले जानकारी दिए । केन्द्रिय सभापति रवि लामिछाने सहित पार्टिका नेता रमेश खरेल, अन्य केन्द्रिय नेता तथा जिल्लाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टिका जिल्ला संयोजक ढकालले बताए ।

रास्वपाको नगरको विस्तारित भेला कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापती रबि लामिछाने आईरहँदा केन्द्रिय नेता रमेश खरेल काभ्रेमा आउनुलाई भने निकै महत्वका साथ हेरिएको छ । पुख्र्यौली थलो पाँचखाल खरेलथोक भएका नेता खरेलले पहिलोपटक काभ्रेमा यति ठुलो नगर भेलालाई सम्बोधन गर्दै छन् ।

गत संसदिय चुनावमा पनि खरेल काभ्रेबाट स्वतन्त्र चुनाव लड्ने भनिएपनि पछि पहिलो पटक स्वतन्त्र उम्मेद्वारका रुपमा मंसिर ४ मा काठमाडौं १ बाट र दोस्रो पटक रास्वपा बाट बारा २ चुनावी मैदानमा आएका थिए । दुवै स्थानबाट उनले पराजय भोगेका थिए । अबको ध्यान भने खरेल आफ्नै थलो तर्फ मोडिएको हुन सक्ने आंकलन गरिएको छ ।

नगरभेलामा काँग्रेस, एमाले, माओवादी पार्टी परित्याग गरेर ठुलो संख्यामा नेता, कार्यकर्ता रास्वपा प्रवेश गर्ने बुझिएको छ । रास्वपा काभ्रे जिल्लाका दुई पालिका पाँचखाल र रबि लामिछाने जन्मिएको गृह नगर मण्डनदेउपुर नगरभेला भोलि आयोजना गरिएको छ। उनी संगै अन्य रास्वपाका केन्दीय स्थरका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति हुने बुझिएको छ।

23440
Shares

ट्रेन्डिङ