सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अन्ठाउन्न सहकारी संस्था खारेजीमा

अन्ठाउन्न सहकारी संस्था खारेजीमा

3990
Shares
अन्ठाउन्न सहकारी संस्था खारेजीमा

धनगढीमा सहकारी संस्था खुल्नेक्रम बढेसँगै निष्क्रिय अवस्थाका सहकारीलाई खारेज समेत गर्न थालिएको छ ।
आव २०७३/७४ मा जिल्लाका आठवटा सहकारी संस्थालाई खारेज गरिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, धनगढीका निमित्त प्रमुख हरिसिंह साउदले जानकारी दिनुभयो । पटकपटकको ताकेतापछि पनि सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ती सहकारी खारेजीमा परेका हुन् ।
पाँच दुग्ध विकास सहकारी, कुखुरापालन तथा पशु विकास र सामुदायिक ग्रामीण विद्युत् सहकारी एक÷एक वटा तथा अर्को एक सहकारी संस्था खारेजीमा परेको छ ।
जिल्लामा ६३५ संहकारी संस्था सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा दर्ता रहेका छन् । कृषि सामग्री २५३, ग्रामीण विद्युत् १६०, बचत तथा ऋण कारोबार ११६, बहुउद्देश्यीय सहकारी संस्था ७८, दुग्ध उत्पादन १७, उपभोक्ता सहकारी संस्था चार, वातावरण संरक्षण सहकारी दुई तथा पर्यटन सहकारी, मौरीपालन सहकारी, सञ्चार सहकारी र स्वास्थ्य सहकारी एक एकवटा रहेका छन् ।
अनुगमन हुन नसक्दा धेरैजसो सहकारी मापदण्डविपरीत सञ्चालन भइरहेका छन् । स्थानीय विकास अधिकारीको संयोजकत्वमा सहकारी संस्था अनुगमन समिति गठन भए पनि कार्यालय प्रमुख परिवर्तन भइरहँदा समितिको बैठक समयमा बस्न नसकेको साउद बताउनुहुन्छ । रासस

3990
Shares

ट्रेन्डिङ