सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • टेलिकमले लाभांश वितरण गर्ने

टेलिकमले लाभांश वितरण गर्ने

2450
Shares
टेलिकमले लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको यहाँ आज सम्पन्न नवौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७२÷७३ को मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयरधनीलाई नगद लाभांश वितरण तथा कम्पनीको नियमावलीमा संशोधन लगायतका विभिन्न प्रस्ताव पारित गरेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा प्रतिवेदन पेस गर्दै कम्पनीले विगत वर्षमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याएको बताउनुभयो ।
उहाँले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार विस्तारलाई मजबुत गरिएको बताउँदै व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनीले सेवाको सङ्ख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको छ भन्नुभयो ।
सचिव गुरुङले आव ०७२÷७३ मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको जानकारी गराउँदै सो अवधिमा कुल राजस्वमा ३ दशमलव ६८ प्रतिशतले वृद्धिगरी खुद मुनाफा रु १३ अर्ब ६८ करोड कायम राख्न सफल भएको बताउनुभयो । गत आवको तुलनामा यो वर्ष १५ दशमलव ६५ प्रतिशतले ग्राहक सङ्ख्या वृद्धि भएको पनि उहाँले जानकारी दिनुभयो ।
सचिव गुरुङले कम्पनीलाई सक्षम र प्रतिस्पर्धी बनाई सेवाग्राहीले तिरेको सेवाको मूल्यलाई सन्तुष्टिमा परिणत गरिने बताउँदै रणनीतिक योजनालाई समयानुकूल बनाउने तथा आयोजनालाई समयमै सम्पन्न गर्न योजनाबद्ध रुपमा अघि बढिने धारणा व्यक्त गर्नुभयो ।
कम्पनीको लाभांश रकम आगामी चैत १ गतेदेखि सेयरधनीलाई वितरण गरिने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

2450
Shares

ट्रेन्डिङ