सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सम्पदाको थप क्षति हुन नदिइने

सम्पदाको थप क्षति हुन नदिइने

2825
Shares
सम्पदाको थप क्षति हुन नदिइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक सम्पदा र पुराना दरबारको पुनःनिर्माण, पुनःस्थापना नहँुदासम्मका लागि थप क्षति हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्ने भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको संयोजकत्वमा यहाँ आज बसेको कार्यकारी समितिको बैठकले उक्त आग्रह गर्ने भएको हो ।
पुरातात्विक महत्वका सम्पदा र पुराना दरबारलाई तत्काल हावा, पानीलगायत बाह्य तत्वबाट जोगाई थप क्षति हुन नदिने गरी संरक्षण गर्ने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई निर्देशन दिने निर्णय भएको प्राधिकरणका सहसचिव जनार्दन गुरागाईंले जानकारी दिनुभयो ।
सरकारी कार्यालय रहेका पुराना परम्परागत शैलीका दरबारको हकमा भने पुनःनिर्माण र पुनःस्थापना नभएसम्मका लागि संरक्षण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिइएको गुरागाईंले बताउनुभयो ।
बैठकले पुनःनिनिर्माण र पुनःस्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७३ लाई संशोधन गर्ने निर्णय पनि गरेको छ । रासस

2825
Shares

ट्रेन्डिङ