सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रेस सेन्टर काभ्रे शाखामा ´संघियता कार्यान्वयनमा सन्चारकर्मीको भुमिका` बारे अन्तरक्रिया सम्पन्न

प्रेस सेन्टर काभ्रे शाखामा ´संघियता कार्यान्वयनमा सन्चारकर्मीको भुमिका` बारे अन्तरक्रिया सम्पन्न

4980
Shares
प्रेस सेन्टर काभ्रे शाखामा ´संघियता कार्यान्वयनमा सन्चारकर्मीको भुमिका` बारे अन्तरक्रिया सम्पन्न

काभ्रे , जेठ १३ (सुरज श्रेष्ठ ) । पत्रकार एवं साहित्यकार कृष्णसेन ईच्छुक स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर नेपाल काभ्रे शाखाको आयोजनामा शनिवार काभ्रेको बनेपामा ‘संघीयता कार्यान्वयनमा सञ्चारकर्मीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रेस सेन्टरले ‘संघीयता कार्यान्वयनका लागि अब पत्रकारहरुले कस्तो भूमिका खेल्नुपर्छ र पत्रकारहरुको अधिकार कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा महासंघ र घटक संगठनहरुले खेल्नुपर्ने भूमिकाको वारेमा छलफल गरेको छ । सो अवसरमा बोल्दै नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य सूर्यमान दोङ(लालध्वज)ले पत्रकारहरुले प्राप्त अधिकारको रक्षा र विकासको लागि निर्वाचनबाट जनताले प्राप्त गरेका अधिकारहरुलाई उच्चतम उपयोग गर्ने बातावरण तयार गर्न भूमिका खेल्न आवश्यक रहेको बताएका छन् ।
दोङले भने ‘स्थानीय तहको निर्वाचन जनयुद्ध, जनआन्दोलन, आदिवासी जनजाति आन्दोलन र मधेश आन्दोलन पछिको ईतिहासमा नै पहिलो पटक भएको स्थानीय तहमा अधिकार सम्पन्न सहितको निर्वाचन हो’ दोङले थपे, ‘यसको सहि किसिमको मार्गदर्शन र बुझाईलाई जनस्तरसम्म लानसकेन भने उल्टो परिणाम पनि आउन सक्छ ।’ त्यसको लागि सही किसिमले बुझाउने र प्रचार गर्ने काम पत्रकारिता जगतले गर्नुपर्ने दोङको धारणा थियो । त्यस्तै प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष बलराम थापाले भने ‘कृष्णसेन ईच्छुकले दविएर रहेका जनताको आवाजलाई मुखरित गर्दै राज्यसत्ताबाट जनताको अधिकार कसरी जनस्तरसम्म पुर्याउन सकिन्छ भन्ने विषयमा केन्द्रीत भएर पत्रकारिता गरेको थियो, त्यसको केही हदसम्म आज स्थानीय तहको निर्वाचन गरेर जनताको प्रतिनिधिद्धारा स्थानीय तह सञ्चालनको दौरानमा मुलुक पुगिसकेकोले सफल भएको छ । ‘यही मात्र पनि उहाँले देखेको सपना होइन,’ थापाले भने, ‘त्यसको लागि अझै गर्नुपर्ने काम धेरै बाँकी छ ।’ त्यसलाई पूरा गर्ने काम अब प्रेस सेन्टर, नेपाल पत्रकार महासंघ लगायतका संगठनहरुले पूरा गर्नुपर्ने दायित्व बढेको उनको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका नवनिर्वाचित कार्यसमिति र पार्सदहरुलाई स्वागत तथा सम्मान समेत गरिएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका नवनिर्वाचत अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डिलबहादुर थोकर र प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझि लगायतले सेनले पुयाएको योगदान र अब पत्रकारहरुले खेल्नु पर्ने भूमिकाको वारेमा चर्चा गरेका छन् ।

4980
Shares

ट्रेन्डिङ