सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रियंकालाई आयुष्मानको चुम्बनको बर्षा (फोटो कथा)

प्रियंकालाई आयुष्मानको चुम्बनको बर्षा (फोटो कथा)

4910
Shares
प्रियंकालाई आयुष्मानको चुम्बनको बर्षा (फोटो कथा)
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ प्रेम सम्बन्धमा रहेको कुरा उनका प्रशंसकहरुलाई अनौठो रहेन । गएको केही महिनादेखि प्रियंका र आयुष्मान प्रेम सम्बन्धमा छन् । मिडियामा अफयेरका खबरहरु एकपछि अर्को आइरहँदा उनीहरु पनि निर्धक्क सार्वजनिक कार्यक्रममा हात समात्दै हिँड्ने गरेका छन् । खबर त यो पनि छ कि प्रियंका नायक आयुष्मान देशराज श्रेष्ठसँग विवाह नै गर्न चाहन्छिन् ।
१. हिजो शनिवार राजधानीको पाँचतारे होटल हायातमा आयोजित ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ कार्यक्रममा पनि आयुष्मान र प्रियंका हात समात्दै पुगे । प्रियंका भएपछि मिडियाको क्यामेरा उनीतर्फ नमोडिने त कुरै भएन । केही मिनेट प्रियंका र आयुष्मानले मिडियाको अगाडि पोज—पोजमा तश्वीर खिचाए र अवार्ड कार्यक्रम भएको हलतर्फ लागे । प्रियंकाले आमालाई साथमा लिएर पगेकी थिइन् भने आयुष्मान आमा रविना देशराज श्रेष्ठ र भाई आशिरमान देशराज श्रेष्ठसँग पुगेका थिए । प्रियंका र आयुष्मान प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएपछि पहिलो पटक श्रेष्ठ र कार्की परिवारलाई एउटै ठाउँमा भेटिएको हो ।
२. प्रियंका र आयुष्मानको परिवारसँगै ‘छक्का पन्जा’ टिम पनि एउटै रोहको कुर्सीमा सँगै बसेको थियो । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे साथमा थिए । कुर्सी खोज्दै आएका दीपकराज गिरीले आफ्नो लागि गिलासमा चिया लिएर आएका थिए । प्रियंकालाई चिया खान मन लागेछ क्यारे उनले दीपकराज गिरीले बोकेको चिया मागिन् र जुठो शेयर गरिन् । केही चुस्की चिया पिएपछि प्रियंकाले दीपकराजलाई नै उक्त चिया पास गरिन् । दीपकराज गिरी र दीपाश्री निरौलाले त्यो चिया मिलेर पिए । त्यसपछि प्रियंका र आयुष्मानले आफ्नो परिवारका लागि भन्दै चिया लिएर आए । त्यो चिया ‘छक्का पन्जा’ टिमका लागि पनि थियो । आयुष्मानले चिया पास गरे र प्रियंकाले आफ्नो रोहमा रहेका प्रत्येकलाई गिलासमा चिया दिइन् । यो दृश्य पनि खुबै हेर्न लायक देखिन्थ्यो ।
३. एनएफडिसी अवार्ड झण्डै ६ बजे सुरु भयो । केही विधामा अवार्ड वितरण गरेपछि नायिका प्रियंका कार्की कोरसका साथ स्टेज चढिन् आफ्नो नृत्य प्रस्तुत गर्न । उनले गएको वर्ष आफू अभिनित फिल्ममा समाबेश गीतहरुमा छमछमी नाचिन् । प्रियंकाको नृत्यभन्दा आयुष्मानको अनुहारको खुशी हेर्न लायक देखिन्थ्यो । प्रियंका स्टेजमा नाचिरहँदा आयुष्मान आफ्नो मोवाइलमा उनलाई कैद गर्न व्यस्त थिए । आयुष्मानले प्रियंकाको पूरा नृत्य आफ्नो मोवाइलमा कैद गरे । छेवैमा रहेकी प्रियंकाकी आमा तालि बजाइरहेकी थिइन् भने आयुष्मानको छेउमा रहेकी उनकी आमा रविना देशराज र भाई आशिरमान पनि तालि बजाउँदै खुशी मुद्रामा देखिन्थे । आयुष्मान र प्रियंकाको परिवार एउटै रोहको कुर्सीमा क्रमश बसेका थिए । जून दृश्य आम मानिसका लागि हेर्न निकै रमाइलो देखिन्थ्यो ।
४. नृत्य गर्न प्रियंका स्टेजमा जाँदा आयुष्मान केहीबेर प्रियंकाकी आमासँग बसे । त्यसबेला अवार्ड कार्यक्रमको स्क्रिनमा नोमिनेशनको भिडियो प्ले हुन्थ्यो अनि ‘चपली हाईट २’ का सिनमा आयुष्मान देखिन्थे । त्यसबेला प्रियंकाकी आमाले आयुष्मानलाई जिस्काउँदै आफ्नो कुहिनोले हिर्काएको दृश्य पनि कम्ता रमाइलो थिएन । यी सबै दृश्य फिल्मीखबर डटकमका पत्रकार मनिष अन्जानले नजिकबाट निहालिरहेका थिए ।
५. प्रियंका आफ्नो नृत्य सकेर फेरि आयुष्मानको परिवार र आफ्नी आमा भएको ठाउँमा आईन् । वर्षौपछि भटिए जस्तै गरि फेरि आयुष्मानले प्रियंकालाई अंगालोमा कसे र निधारमा चुम्बन गरे । स्टेजमा अवार्ड कस—कसले पाउँदैछ भन्दा पनि कार्यक्रम हलमा देखिएको आयुष्मान र प्रियंकाको अंकमाल र चुम्बनका दृश्यतर्फ नै मिडियाका क्यामेरा तेर्सिएका थिए । उनीहरुको अघिपछि बसेका केही चलचित्रकर्मी भन्दै थिए आयुष्मान आफ्नी सासु र प्रियंका आफ्नी सासु र देवरसँग बसेकी छन् ।
६. गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘चपली हाईट २’ बाट आयुष्मानले उत्कृष्ट नव—नायकको अवार्ड हात पारे । उनले अवार्ड लिएर फर्किएको दृश्य भने निकै रमाइलो थियो । आयुष्मानले उत्कृष्ट नव—नायकको अवार्ड लिएर फर्किएपछि आफूसँगैको कुर्सी नजिक बसेकी प्रेमिका प्रियंकाले गम्लङ अंगालो मारिन् । गालामा चुम्बन गरिन् । आयुष्मानले पनि प्रियंकाप्रति प्रेम देखाए । उनले पनि प्रियंकालाई अंगालो मार्दै खुशी साटे ।
तश्वीर : कान्तिपुरबाट
७. त्यसपछि प्रियंकाले गएको वर्ष रिलिज भएको फिल्म ‘छक्का पन्जा’बाट उत्कृष्ट नायिकाको अवार्ड हात पारिन् । त्यसबेला सबैभन्दा खुशी आयुष्मान थिए । अवार्ड लिन स्टेज चढ्दा प्रियंकालाई सबैभन्दा अगाडि उनकी आमाले अंकमाल गर्दै बधाई दिइन् र आयुष्मानले चुम्बन गर्दै । त्यसपछि आयुष्मानकी आमा रविना र भाई आशिरमानले पनि अंकमाल गर्दै प्रियंकालाई बधाई दिए । प्रियंका अवार्ड लिन स्टेज चढिन् । त्यसबेला आयुष्मानलाई आमा रविनाले प्रियंकाले अवार्ड लिएको तश्वीर आफ्नो मोवाइलमा खिच्नका लागि आग्रह गरिन् र आयुष्मानले पनि प्रियंकाले स्टेजमा उत्कृष्ट नायिकाको अवार्ड लिएको तश्वीर आफ्नो मोवाइलमा खिचे ।
८. त्यसपछि प्रियंकाले अवार्ड लिएर आफू बसेको ठाउँमा फर्किइन् । अबको दृश्यले भने सबैलाई चकित नै बनायो । अवार्ड लिएर फर्किएकी छोरीलाई आमाले सबैभन्दा अगाडि फेरि बधाई दिइन् अनि पालो आयो आयुष्मानको । मिडियाका क्यामेरा उनीहरुतर्फ नै मोडिएका थिए । अवार्ड कार्यक्रममा उपस्थित सबै उनीहरुलाई नै हेरिरहेका थिए । अवार्डमा राखिएको स्क्रिनमा आयुष्मान र प्रियंका नै देखिएका थिए । आयुष्मानले प्रियंकालाई जुरुक्क उचाले र गाला, ओठ र निधारमा चुम्बन गरे । झण्डै एक मिनेट प्रियंका र आयुष्मान अंगालोमा नै बाँधिए । कति यो दृश्य प्रत्यक्ष देखेर मज्जैले हाँसिरहेका थिए भने कति कानेखुशी गरिरहेका थिए । यतिमात्र कहाँ हो र आयुष्मानकी आमा रविना र भाई आशिरमान पनि उनीहरुलाई देखेर हाँसिरहेका थिए ।
तश्वीर : विवेक बस्याल
-फिल्मी खबर बाट साभार
4910
Shares

ट्रेन्डिङ