सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • वामपन्थी एकताको कुनै औचित्य छैन् : सिपी

वामपन्थी एकताको कुनै औचित्य छैन् : सिपी

3095
Shares
वामपन्थी एकताको कुनै औचित्य छैन् : सिपी

१८ असोज ,काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच भएको तालमेल र एकता प्रयासलाई दक्षिणपन्थी र प्रतिक्रियावादी कदमको संज्ञा दिनुभयो ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष गजुरेलले एमाले र माओवादी केन्द्रबीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिनुभो । उनले भन्नुभयो,‘यो वाम एकताको प्रयास नै गलत छ, हुन त यो गठबन्धनले केही प्रभाव पार्दैन्, र तीन पार्टीहरु अब दक्षिणपन्थी बाटो हुँदै प्रतिक्रिया करणको बाटोमा अघि बढेका छन्, त्यसैले उनीहरुको मोर्चा प्रतिक्रिया करणको मोर्चा हो ।’

एमाले, माओवादी र नयाँ शक्तिले कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउँछौं भनेर जनतालाई ढाँट्ने काम गरेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘यीनीहरुको यो वाम तालमेलबाट कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउने कुरा त परै जाओस्, एकीकृत कम्युनिष्ट पार्टी बन्नेवाला पनि छैन् ।’

उहाँले एमालेको सच्चा देशभक्तको खोल पनि अहिले आएर नाँगिएको बताउनु भयो । उहाँले भन्नुभयो,‘एमालेको देशभक्तको मुकुण्डो उदांगियो, कम्युनिष्टहरुको नाममा कलंक हो, यो त भ्रष्टाचारीहरुको अखडा हो ।’

उहाँले माओवादी केन्द्र जनयुद्धको असली उत्तराधिकारी नभएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो,‘हुन त माओवादी केन्द्रले हामी नै जनयुद्धको उत्तराधिकारी हो भनेर जनतामा भ्रम पार्यो, तर यो सब झुठ को खेती हो ।’

क्रान्तिकारी र देश भक्तहरु सचेत भएर मोर्चा बन्दीमा जुट्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो,‘यो देशमा क्रान्तिकारी शक्तिहरु छन्, त्यसैले अब एक भएर जुट्नुपर्छ ।’ नेता गजुरेलले एमाले र माओवादी केन्द्रको यो गठबन्धन जनता र राष्ट्रको लागि औचित्यहिन रहेको दाबी गर्नुभयो ।

‘यो गठबन्धन भ्रष्टहरुको सञ्जाल हो, यसले मुलुक र जनताको लागि केही पनि गर्न सक्दैन्, तपाई लेखेर राख्नुहोस्, यहाँ सच्चा कम्युनिष्टहरु छैनन्’, उहाँले भन्नुभयो ।  नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले त धेरै पहिल्यै देखि नै कम्युनिज्म त्यागेको घोषणा गरेकोले उनी पनि यही मोर्चामा आउनका लागि पनि नाँगो भएको उहाँको आरोप छ ।-जनता समाचार बाट

3095
Shares

ट्रेन्डिङ