सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल शिक्षक सघंको अधिवेशन माघ २६ गते अध्यक्षका लागि तछाडमछाड शुरु तिमल्सिना, खनाल र महत भिड्ने सम्भावना

नेपाल शिक्षक सघंको अधिवेशन माघ २६ गते अध्यक्षका लागि तछाडमछाड शुरु तिमल्सिना, खनाल र महत भिड्ने सम्भावना

3980
Shares
नेपाल शिक्षक सघंको अधिवेशन माघ २६ गते  अध्यक्षका लागि तछाडमछाड शुरु  तिमल्सिना, खनाल र महत भिड्ने सम्भावना

बनेपा,पुजन धिताल÷नेपाल शिक्षक सघं काभ्रेको जिल्ला अधिवेशन यही माघ २६ र २७ गते बनेपामा सम्पन्न हुने भएको छ । एक वर्ष अगाडि नै सम्पन्न हुनुपर्ने अधिवेशन प्राविधिक कारण देखाउदै अहिले सम्म हुन नसकेको अधिवेशन अझै रोकीएलाको भन्नेमा शिक्षकहरु शंका गरिरहेका छन् । तर चार वर्ष कार्यकाल भित्र अधिवेशन सम्पन्न गर्नुपर्नेमा पाँच वर्ष बित्दा समेत अधिवेशन अन्योलमा परेकाले यो पटक जसरी पनि तोकिएको मितिमा अधिवेशन सम्पन्न गर्न जिल्लाका शिक्षक नेताहरु नै लागि परेका छन् ।

लामो समय पछि हुन लागेको शिक्षकहरुको अधिवेशनमा अध्यक्ष पदका लागि दामेदार धेरै भएकाले सहमतिमा टुगो लग्ने सम्भावना कम नै देखिएको छ । सहमति भएमा र शिक्षक साथिहरुको अनुरोध आएमा आफू नै पुन अध्यक्ष पदका लागि उम्मेदवार हुने वर्तमान अध्यक्ष आश्विन चौलागाईको भनाई रहेको छ । तर दुई पटक अध्यक्ष भईरहदाँ शिक्षकहरुका लागि खासै हितका लागि नखटेको र शिक्षक सघंको भवन निर्माणमा चासो नदिएको भन्ने आरोप लागेका चौलागाईको नाममा सहमति जुट्ने सम्भावना कम रहेको उनै निकटका शिक्षकहरु बताउदै आएका छन् । अध्यक्ष पदका लागि यति बेला शिक्षक सघंमा नेताहरुको चाकडी गर्न शुरु भई सकेको छ । अधिवेशन नजिकीदै गर्दा गत साल रोकिएता पनि यस पटक भने नरोकिने सम्भावना देखिएकाले शिक्षक नेताहरु आ–आफ्नो खेमाका नेताहरुको चाकडी गर्न लागिसकेका छन् ।

यहि माघ २६ र २७ गते हुन गईरहेको अधिवेशनका लागि अध्यक्ष पदका लागि तिन जना शिक्षक नेताहरु कै भाले भिडन्त हुने सम्भावना देखिएको छ । अध्यक्ष पदका लागि वर्तमान सचिव केशव खनाल, उपाध्यक्ष राजेशराज महत र पूर्व कार्यसमिति सदस्य नवराज तिमल्सिना बिच भाले भिडन्त हुने सम्भावना देखिएको छ । तिनै जना अध्यक्ष पदका लागि दावेदार भई रहदाँ सहमतिको सम्भावना नदेखिएको एक शिक्षकले जानकारी दिए ।

पार्टीले शिक्षकहरुको अधिवेशनमा हस्तक्षेप गर्न नमिल्ने भन्दै शिक्षक हकहितका लागि सक्षम नेतृत्व शिक्षकले नै चयन गर्न पाउनु पर्ने उनले बताए । सधै नेताको चाकडी भन्दा पनि शिक्षकको चाकडी तिर लाग्ने नेतृत्वको आवश्यक रहेकाले यस आठौ अधिवेशन बाट हामीले यस्ता शिक्षक नेतृत्व चयन गर्न लागि परेको उनले बताए । यस पटकको अधिवेशनमा नेता चाकडी भन्दा सक्षम र शिक्षकको नेतृत्व गर्न व्यक्ति आउनेमा आफू ढुक्क रहेको उनले बताए ।

नेताको मन जित्ने भन्दा पनि शिक्षक सघंमा शिक्षको मन जित्ने नेता आवश्यक रहेकाले यस पटक अधिवेशनमा सहमति हुनेमा सम्भावना कम नै देखिएको छ । सबैको नजर अध्यक्ष पदमा रहदाँ तिनै जना बिच निर्वाचन हुने सम्भावना रहेको छ । अन्तिम सम्म सहमतिको प्रयास भएता पनि पार्टी भित्र खेमाको कारण दुई प्यानलको निर्वाचन हुने सम्भावना रहेको अर्का एक शिक्षकले जानकारी दिए । अन्तिम सम्म नवराज तिमल्सिना र केशव खनाल बिच निर्वाचन हुने सम्भावना रहेको उनले बताए ।

-काभ्रे सन्देश साप्ताहिक बाट

3980
Shares

ट्रेन्डिङ