सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मोटरसाइकल र पावर टिलर एक आपसमा ठोक्किँदा एक जनाकाे मृत्यु

मोटरसाइकल र पावर टिलर एक आपसमा ठोक्किँदा एक जनाकाे मृत्यु

3260
Shares
मोटरसाइकल र पावर टिलर एक आपसमा ठोक्किँदा एक जनाकाे मृत्यु

दाङ / मोटरसाइकल र पावर टिलर एक आपसमा ठोक्किँदा बुधबार राति दाङमा एक जनाको ज्यान गएको छ । घोराही- तुलसीपुर सडक खण्डको घोराही–१६ रावतगाउँ चोक नजिकै लु ४७ प १५४७ नम्बरको मोटरसाइकल र ना ५ ख ९८५३ नम्बरको पावर टिलर ठोक्किँदा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका १४ पहली बस्ने २४ वर्षीया पूजा परियारको ज्यान गएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी परियारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पहलीकै गुमान विक गम्भीर घाइते हुनुभएको छ ।

उहाँको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिनुभयो । दुर्घटनामा परेको दुवै साधनसहित पावर टिलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

3260
Shares

ट्रेन्डिङ