सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जबरजस्ती करणीको प्रयास गरेको भन्दै वडाध्यक्ष पक्राउ

जबरजस्ती करणीको प्रयास गरेको भन्दै वडाध्यक्ष पक्राउ

5875
Shares
जबरजस्ती करणीको प्रयास गरेको भन्दै वडाध्यक्ष पक्राउ

सप्तरी , मंसिर , २५ ,   एक महिलामाथि बलात्कार गर्न खोजेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् ।

वडा नम्बर–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई विशेष प्रहरीको टोलीले आज बिहान (बुधबार) पक्राउ गरेको हो । स्थानीय एक महिलाले आफुलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताउनुभयो ।

साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय राजविराजमा राखिएको छ

5875
Shares

ट्रेन्डिङ