सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सुविधा सम्पन्न वडा कार्यालय बनाउदै पनौती नगरपालिका

सुविधा सम्पन्न वडा कार्यालय बनाउदै पनौती नगरपालिका

6745
Shares
सुविधा सम्पन्न वडा कार्यालय बनाउदै पनौती नगरपालिका

काभ्रे , मंसिर , ३०  ,   पनौती नगरपालिकाले सबै वडा कार्यालको भवन सुविधा सम्पन्न बनाउने भएको छ । साघुरो भवनबाट सेवा प्रवाह गरिरहेका वडा कार्यालयहरुको नया भवन बन्ने भएको छ । आज सोमबार पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले वडा नं ४ को भवन शिल्यान्यास गर्नुभएको छ ।

साघुरो तीन वटा कोठा बाट वडा कार्यालय सञ्चालन भैरहेको ४ नं वडाको लागि अव सबै सुविधा सम्पन्न तीन लल्ले पक्कि भवन बन्ने छ । नगरपालिकाका इन्जिनियर प्रेमकुमार सोनामका अनुसार वडा नं ४ को भवन निर्माणको लागि ४ करोड ७५ लाख ६ हजार रुपैया बजेट छुट्टाइएको छ । १७ महिनामा तयारी बनाउने योजनाका साथ शिल्यान्यास गरिएको वडा भवन अपाङ्गमैत्री हुनेछ ।

पनौती नगरपालिका ४ नम्बर वडाका अध्यक्ष वुद्धसिं थापाका अनुसार नया भवन निर्माण पछि आधारभुत सेवा सबै तल्लो तल्लाबाटै सम्पन्न हुनेछ । इन्जिनियर सोनामका अनुसार ह्वीलचेयर माथि जान नपर्ने गरि तल्लो तल्लामै सबै आधारभुत सेवा उपलब्ध हुने गरि भवनको डिजाइन गरिएको छ । पनौती नगरपालिकाले १२ वटै वडामा एउटै डिजाईनको भवन बनाउने योजना बनाएको छ ।

नगरपालिकाको वडा नं ३ को भवन निर्माण कार्य शुरु भैसकेको छ भने वडा नं १ को भएको भवनको पुर्ननिर्माण गर्नुपर्ने छ । नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत ईन्द्रप्रसाद अधिकारीका अनुसार वडा नं २ को पनि भएको भवन मर्मत गरेमात्र पुग्छ भने वडा नं ५ को लागि नया भवन बनाउन जग्गा व्यवस्थापन गर्ने कार्य भैरहेको छ । वडा नं ५ कार्यालय पनि सबैभन्दा साघुरो छ ।

पनौतीका वडा नं ६ को कार्यलय साघुरो भएकोले त्यसको पनि व्यवस्थापन गर्ने योजना रहेको वरिष्ठ प्रशासकिय अधिकृत अधिकारीले बताउनु भएको छ । नगरको वडा नं ७ कार्यालय अहिले ठिकै रहेको भन्दै उहाले वडा नं ८ कार्यालय पनि सबैभन्दा राम्रो रहेको बताउनु भएको छ । वडा नं ९ को नया भवन निर्माणको लागि जग्गा खरिद भैसकेको छ ।

वडा नं को भवन अहिले ठिकै रहेकोले नया बनाउनु नपर्ने नगरपालिकाले जनाएको छ । वडा नं ११ को भवन केहि मर्मत गर्नुपर्ने अवस्थामा रहेको छ भने वडा नं १२ कार्यालय सबैभन्दा संकटमा रहेको नगरपालिकाको ठम्याईछ ।

सडक संग जोडिएको, साधुरो भएको, स्वास्थ्य चौकी पनि वडा भवनमै रहेकोले सुविधा सम्पन्न नया भवन बनाउन जग्गा खोजि भैरहेको नगरपालिकाले जनाएको छ ।

 

 

 

 

-न्युज अफ नेपाल बाट

6745
Shares

ट्रेन्डिङ