सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • माओवादीले लुकाएर राखेको अत्याधुनिक हतियार फेला

माओवादीले लुकाएर राखेको अत्याधुनिक हतियार फेला

3065
Shares
माओवादीले लुकाएर राखेको अत्याधुनिक हतियार फेला

सुनसरी , पुष  , ६  , सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित भरौलबाट तत्कालिन माओवादीले लुकाएर राखेको अत्याधुनिक हतियार एसएलआर र त्यसमा लाग्ने नौं हजार गोली बरामत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले आइतवार उक्त हतियार र ठुलो परिणाममा गोली बरामत गरेको हो ।

भरौलको खाली चौउरमा अत्याधुनिक गोली र हतियार जमिन मुनि राखिएको गोप्य सुचनाका आधारमा प्रहरीले खानतलासी गर्दा एसएलआर गन र ९ हजार गोली बरामत गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताएका छन् ।

घटनास्थलमा बरामत गरिएको हतियार प्रहरीले संकलन गरि मुचुल्का तयार पारेको छ ।

 

 

-इमेज खबर बाट

3065
Shares

ट्रेन्डिङ