सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा कुखुरा बोकेको गाडीमा लुटपाट, एक जना ५ वटा कुखुरा सहित पक्राउ

काभ्रेमा कुखुरा बोकेको गाडीमा लुटपाट, एक जना ५ वटा कुखुरा सहित पक्राउ

6445
Shares
काभ्रेमा कुखुरा बोकेको गाडीमा लुटपाट, एक जना ५ वटा कुखुरा सहित पक्राउ

धुलिखेल: धुलिखेल नगरपालिका वडा नम्बर ३ को ऐसेलुखर्कका स्थानीयले कुखुरा बोकेको गाडीमा लुटपाट गरेका छन् । प्राप्त विवरण अनुसार वडा नम्बर २ को चक्लेटी स्थित गंगा जमुना पोल्टी फार्मबाट कुखुरा लिएर धुलिखेल तर्फ आउँदै गरेको बोलेरोमा स्थानीयले लुटपाट गरेका हुन् ।

धुलिखेल–रविओवी–देविटार जाने कच्ची सकड खण्डको ऐसेलुखर्कमा स्थानीय युवा र महिलाले गाडी रोकेर ३८ वटा कुखुरा लुटेको बताइएको छ । लुटपाटमा संकलग्न भएको आरोपमा अनिल तामाङलाई ५ वटा कुखुरा सहित नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

6445
Shares

ट्रेन्डिङ