सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गर्भवती प्रहरीका लागि छुट्टै पोसाक

गर्भवती प्रहरीका लागि छुट्टै पोसाक

565
Shares
गर्भवती प्रहरीका लागि छुट्टै पोसाक

काठमाडौँ । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था  गरेको छ ।

गर्भावस्था आफैँमा महिलाका लागि जटिल अवस्था हो । गर्भभित्र हुर्कंदै गरेको शिशुको सुरक्षा र कार्यालयको कामको जिम्मेवारी पूरा गर्न महिला प्रहरीका लागि तोकिएको प्रहरी पोसाक सर्ट र पाइन्ट बाधक थियो । पाइन्टमा बेल्ट लगाउनु शिशुका लागि ठिक हुँदैन । छालाको बुट कसेर बाँध्ने गर्दा गर्भावस्थामा खुट्टा सुनिने, हिँड्न गाह्रो हुने समस्या हुन्थ्यो ।

नेपाल प्रहरीले गर्भवती महिलाका लागि नयाँ पोसाक निःशुल्क वितरण थालेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिएका छन् । सुरुवाती चरणमा ३७० जना गर्भवती प्रहरीलाई गर्भावस्था अनुकूलको पोसाक दिइएको छ । 

गर्भवती प्रहरी कर्मचारीलाई पोसाकका कारण काम गर्न गाह्रो भएको विषयलाई नेपाल प्रहरीले गम्भीरतासाथ मनन गरी विदेशको चलनचल्तीको पनि अध्ययन गरेर गर्भवती प्रहरीलाई छुट्टै पोसाक दिनुपर्ने निर्णय भएको हो । यसमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सक्रियता रहेको बताइएको छ ।   

565
Shares

ट्रेन्डिङ