सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेका २० जना कोरोना संक्रमण घर फर्किए

काभ्रेका २० जना कोरोना संक्रमण घर फर्किए

6180
Shares
काभ्रेका २० जना कोरोना संक्रमण घर फर्किए

काभ्रे : काभ्रे जिल्लाका २० जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका उनीहरु निको भएर घर फर्किएको जिल्ला कमाण्ड पोष्टले जानकारी दिएको छ ।

जिल्लाका ६ जना अझै विभिन्न आइसोलेसनमा रहेर उपचार गराइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । जिल्लामा आज १ सय ३९ जना क्वारेन्टाइनमा रहेका छन् ।

१ सय १४ जना पुरुष र २५ जना महिला क्वारेन्टाइनमा बसेका हुन् । सबैभन्दा धेरै पनौती नगरपालिकामा २४ जना रहेका छन् भने सबैभन्दा कम बेथानचोक गाउँपालिकामा ५ जना मात्रै रहेका छन् ।

6180
Shares

ट्रेन्डिङ