सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकमा ५ जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुपाल्चोकमा ५ जनामा कोरोना संक्रमण पुष्टि

4215
Shares
सिन्धुपाल्चोकमा ५ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र १ ,सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिन्धुपाल्चोक जिल्लाका ४ जना र काभ्रे मन्डनदेउपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला चौतारा सांगाचोकगढ नगरपालिका स्वास्थ शाखा प्रमुख सिव पुरीले जानकारी दिनुभयो । संत्रमित हुनेहरुमा जिल्लाको कुबिण्डे,सिपापोखरे, मेलम्ची,काभ्रेको मन्डनदेउपुर र सर्लाहिका रहेका छन् ।

५ जना मध्ये ४ जना जिल्लाको एक गैरसरकारी संस्थामा कार्यरत रहेका छन् । उनिहरु चितवनमा तालिमका लागि गएको र सुक्रबार चौतारा फर्किएका थिए । उनिहरु सबै चीतवनबाट आएर घर परीवारसंगै रहेका थिए भने अर्का १ जना शिक्षक मेलम्चीको क्वारेन्टाइनमा रहनुभएको थियो ।

यो संगै जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा नै फैलिएको अनुमान गरिएको छ । स्थानियलाई अहिलेको अवस्थामा अत्यावसेक बाहेक घर बाहिर ननिस्कन प्रशासने अनुरोध समेत गरेको छ ।

4215
Shares

ट्रेन्डिङ