सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोनाबाट महिला भन्दा पुरुष धेरै संक्रमित, आज थप ५ जनामा संक्रमण पुष्टि

काभ्रेमा कोरोनाबाट महिला भन्दा पुरुष धेरै संक्रमित, आज थप ५ जनामा संक्रमण पुष्टि

3155
Shares
काभ्रेमा कोरोनाबाट महिला भन्दा पुरुष धेरै संक्रमित, आज थप ५ जनामा संक्रमण पुष्टि

काभ्रे : काभ्रे जिल्लामा कोरोना भाइरसका महिला भन्दा धेरै संक्रमित पुरुष भएका छन् । जिल्लामा हाल भएका ३ हजार १ सय ५६ जना संक्रमित मध्ये १ हजार ८ सय ८६ जना पुरुष र १ हजार २ सय ७० जना महिला संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानाएको छ ।

त्यसैगरी निको हुनेमा पनि पुरुषको नै संख्या अगाडी रहेको छ । हाल जिल्लामा ३ हजार १ सय १५ जना निकोभएका मध्ये १ हजार ८ सय १३ पुरुष र १ हजार २ सय २ जना महिला रहेका छन् ।

आज जिल्लामा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा पनौती नगरपालिकाका ३ जना महिला, बनेपाका २ जना पुरुष र मण्डनदेउपुरका १ जना महिला रहेका छन् । आज जिल्लामा २ जना डिस्चार्ज भएका छन् । हाल जिल्लामा ८८ जना होम आइसोलेसनमा रहेका छन् भने १२ जना जिल्लामा रहेकोे २ वटा अस्पताल आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

3155
Shares

ट्रेन्डिङ