सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • धुलिखेलमा प्राचिन थाङ्का संरक्षण तालिम सुरु

धुलिखेलमा प्राचिन थाङ्का संरक्षण तालिम सुरु

9855
Shares
धुलिखेलमा प्राचिन थाङ्का संरक्षण तालिम सुरु

धुलिखेल : मौलिक र परम्परागत शिल्पकलाको महत्वलाई उजागर गर्दै नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यले काभ्रेको धुलिखेलमा प्राचिन थाङ्का संरक्षण तालिम सुरु भएको छ । नेपाल सरकार संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समितिको आयोजनामा संञ्चालन हुने तालिमको आज उद्घाटन गरिएको हो ।

सिपमुलक एक महिने आधारभुत तालिममा काभ्रे सहित १० ओटा जिल्लाका सहभागीहरु उपस्थीत रहेका छन् । तालिम अवधिभर ललितकला प्रज्ञा प्रतिष्ठानका बरिष्ठ थाङ्का प्रशिक्षक मानबहादुर दोङले प्रशिक्षण दिनुहुने समितिले जनाएको छ ।

कपडामा लेखिएका देवीदेवताको चित्र थाङ्का शान्तिको प्रतीकको रुपमा बौद्धमार्गीले अझ बढी प्रयोग गरेको पाईन्छ । थाङ्का सन्देशमुलक तथा कलात्मक रुप भएको भन्दै यसको ऐतिहासिक र परम्परागत महत्व रहेको बताईन्छ ।

9855
Shares

ट्रेन्डिङ