सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दुःखद् खबर: मेलम्ची खोलामा आएको बाढी र पहिरोमा कम्तीमा ७ जना बे’पत्ता

दुःखद् खबर: मेलम्ची खोलामा आएको बाढी र पहिरोमा कम्तीमा ७ जना बे’पत्ता

8585
Shares
दुःखद् खबर: मेलम्ची खोलामा आएको बाढी र पहिरोमा कम्तीमा ७ जना बे’पत्ता

सिन्धुपाल्चोक, १ असार : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलामा आएको बाढी र पहिरोले पुर्याएको क्ष तिको प्रारम्भिक विवरणहरु आउन थालेका छन् । अहिलेसम्म कम्तीमा ७ जना बे’पत्ता भएको विवरण प्राप्त भइसकेको छ ।

नदि आसपासका माछा पालान ब्यवसाय सबै बगाएको छ । नदि छेउको घर टहरा पनि सबै बगाएको स्थानीयले बताएका छन् । अहिले हेलम्बुको चनौटे बजारबाटै नदी बगेको स्थानीयले जानकारी दिए । हेलम्बु, पाँचपोखरी थाङपालधाप गाउँपालिका र मेलम्ची क्षेत्रमा बिद्युत आपूर्ति बन्द भएको छ । स्थानीय सुरक्षीत स्थानको खोजीमा रहेका छन् ।

अहिले पनि हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका क्षेत्रमा बारी बर्षा भैरहेको बताइएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर १ मा खानेपानी मुहान माथी भीषण पहिरो गएको बताईएको छ ।बाढिका कारण इन्द्रावती हाइड्रोमा ठूलो क्ष ती भयको र हेलम्बुको मेलम्ची खानेपानीको सिरमा रहेको नाकुतेको पुल समेत बगाएको खबर प्राप्त भएको छ ।

8585
Shares

ट्रेन्डिङ