सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा फेरी बढ्न थाले कोरोना संक्रमित

काभ्रेमा फेरी बढ्न थाले कोरोना संक्रमित

4975
Shares
काभ्रेमा फेरी बढ्न थाले कोरोना संक्रमित

काभ्रेमा कोरोना संक्रसिमतको संख्या फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ४१ जनाको सं क्रमित थपिएका छन् । ३७ जना निको भएको स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

आज थपिएका सं क्रमितमा सबैभन्दा धेरै पाँचखाल नगरपालिकाका सात जना महिला र दुई जना पुरुष रहेका छन् । त्यस्तै बनेपा नगरपालिकाका ७ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकाका चारजना महिला र एकजना पुरुष, धुलिखेल नगरपालिका पुरुष ३ जना महिला र एकजना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।

खानीखोला गाउँपालिका ४ जना पुरुष र एक जना महिला, मण्डनदेउपुर नगरपालिकामा महिला र पुरुष १/१ जना, बेथानचोक गाउँपालिकामा एकजना पुरुष, नमोबुद्ध नगरपालिकामा दुईजना महिला र एक जना पुरुष, चौरीदेउराली गाउँपालिकामा महिला र पुरुष १/१ जना र तेमाल गाउँपालिका एक जना महिलामा कोरोना सं क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै जिल्लामा सक्रिय सं क्रमितको संख्या ३८५ मा झरेको छ । जसमध्ये ५४ जना अस्पतालको आईसोलेसनमा र ३४१ जना होम आईसोलेसनमा रहेका छन् ।

4975
Shares

ट्रेन्डिङ