सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल आमाको रक्षाको लागि जस्तो सुकै योगदान दिन पुर्व सुरक्षाकर्मी तयार ,एम सि सि पास भएमा नेपालको अस्तित्व समाप्त : हेम शंकर गिरी

नेपाल आमाको रक्षाको लागि जस्तो सुकै योगदान दिन पुर्व सुरक्षाकर्मी तयार ,एम सि सि पास भएमा नेपालको अस्तित्व समाप्त : हेम शंकर गिरी

6925
Shares
नेपाल आमाको रक्षाको लागि जस्तो सुकै योगदान दिन पुर्व सुरक्षाकर्मी तयार ,एम सि सि पास भएमा नेपालको अस्तित्व समाप्त : हेम शंकर गिरी

काभ्रेको बनेपामा आयोजित बिरोध सभामा बोल्ने अधिकाँश बक्ताले देशको अस्मिता माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । जनता केही बोल्दैनन् हामीले जे गरे पनि हुन्छ भन्ने समय सकिएको बताउँदै नेपाली सेनाका पुर्व जर्नेल डा प्रेम सिंह बस्न्यातले नेताको अत्याचारका बिरुद्ध जनता जागि सकेको धारण राखे ।

सिंहले काँग्रेस भन्ने पार्टी राष्ट्रघाती हो की देश प्रेमी हो भनेर जनताले चिन्ने मौका आएको धारणा राख्दै पुर्व सुरक्षाकर्मीहरु अब चुप नवस्ने बताए । सेना र प्रहरी बर्दी लगाएका सुरक्षाकर्मी हुन् भने आम नागरीक बर्दि बिनाको सुरक्षाकर्मी हुन् भन्दै देश जोगाउने दायित्व अब नागरिकमा सरेको उनको धारणा थियो ।

पुर्व सुरक्षाकर्मी परिषद्ले एमसीसीको बिरोध गरेको छ ।नेपाल आमाको रक्षाको लागि जस्तो सुकै योगदान दिन पुर्व सुरक्षाकर्मी तयार रहेको धारणा राख्दै उनले देश बेचिँदा आफुहरु टुलुटुल हेरेर बस्न नसक्ने बताएका थिए । कार्यक्रममा पुर्व सुरक्षाकर्मी परिषद्का अध्यक्ष के वी राउतले माटोको अस्मिताका लागि जस्तो सुकै कदम चाल्न तयार रहेको धारणा राखेको थिए । कार्यक्रम पुर्व सुरक्षाकर्मी परिषद् काभ्रेको आयोजनामा सम्पन्न भएको थियो । भुपु सैनिक परिषद्का केन्द्रिय सदस्य हेम शंकर गिरीले एमसिसि पास गर्ने नेतालाई जनताले बाँकी नराख्ने बताएका छन् ।

गिरीले जानाजान देश बिरुद्धको काम गर्नलाई सुरक्षाकर्मीबाटै खतरा हुने समेत बताएका छन् । एमसिसि पास भएमा नेपालको अस्तित्व समाप्त हुने र बिदेशी सेनाको कृडास्थल बन्ने दावीका साथ उनले देशद्रोह गर्ने नेतालाई सलाम नहान्न जंगि अड्डा र प्रहरी हेड क्वाटरलाई आग्रह समेत गरे ।

आफु वर्दिमा हुँदा त्यही नेताको सुरक्षा गर्दै हिंड्ने रिटायर्ड भए पछि त्यहि नेताको बिरोध गर्ने भन्ने प्रश्नमा गिरीले आफुलाई लज्जा बोध भएको बताउँदै सैनिक र प्रहरीको अनुसाशनको सिामाले बाध्यता खडा गरेको भन्दै आत्मआलोचना समेत गरेका छन् । उनले एमसिसि पास भए सिंहदरबार र बानेश्वरमै नेताहरु असुरक्षित हुने तर्क गर्दै देशमा रगतको खोलो बग्ने घोषणा समेत गरे ।

पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले Twitter मार्फत दिएको अभिब्यक्तिले नेपाली नागरिकलाई उत्तेजित बनाएको भन्दै आफ्ना भनाई तत्काल सच्चाउन सुझाव दिएका छन् । यदि त्यसो नगरेमा जनताले कारबाही गर्ने भन्दै समग्र नेपाली नागरिकलाई खवरदारी गर्न आग्रह गरेका छन् ।

6925
Shares

ट्रेन्डिङ