सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भुम्लुमा बेथिति सिमा नाघ्दै: कर्मचारीले काम छाडे पछि पनि तलब निकासा (भिडियो )

भुम्लुमा बेथिति सिमा नाघ्दै: कर्मचारीले काम छाडे पछि पनि तलब निकासा (भिडियो )

विद्यालयको अडिट ५ वर्ष सम्म भएन

11575
Shares
भुम्लुमा बेथिति सिमा नाघ्दै: कर्मचारीले काम छाडे पछि पनि तलब निकासा (भिडियो )

काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ४ चौबासमा रहेको दुदुगाउँ आधारभूत विद्यालय चरम बेथितिबाट गुर्ज्रेको छ । विद्यालयमा यतिसम्मको बेथिति छ कि विद्यालयको भवन पूर्ण रुपमा प्रयोग बिहिन छ । १५० जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने विद्यालयको क्षमता भएपनि हाल जम्मा ५ जना मात्र विद्यार्थी रहेका छन् । सामुदायीक विद्यालयको यस्तो हालत खासै बिरलै देखिन्छ । विद्यालयमा विद्यार्थी मात्र कम नभई शिक्षक पनि २ जना मात्र रहेका छन् ।

शिक्षक र कार्यालय सहयोगी गरी विद्यालयमा ३ जनाको कोटा रहेको देखिन्छ । तर विद्यालयमा कर्मचारी र विद्यार्थी कम भए पनि २०७५ साल कार्तिक बाट कार्यालय सहयोगी जागीर मैखिक रुपमा छोडे पनि कार्यालय सहयोगीको तलब भने तलब निकासाको लागी विद्यालयले माग गर्दै आएका पाइएको छ । नयाँ कार्यालय सहयोगी २०७६ कार्तीक देखि नियुक्ति गरेको हो । कार्यालय सहयोगी नियुक्ति कार्तिक देखि देखिएता पनि तलब निकासाको लागि विद्यालयले माग गर्दै आएको देखिन्छ ।

कार्यालय सहयोगीको तलब त माग गरे तर सामुदायीक विद्यालयले पुराउनु पर्ने कुनै पनि मापदण्ड पुरा गरेको देखिदैन । २०७२–०७३ साल देखि विद्यालयले आफ्नो विद्यालयको अडिट समेत गरेको पाइदैन । ५ वर्ष पुरा हुँदा समेत अडिट गर्ने कुनै विद्यालय परिवार र व्यवस्थापन समितिको कुनै चासो देखाएको पाइदैन ।

सामुदायीक विद्यालयले कार्मचारी नियुक्ति गर्दा समानुपातिक ढंगले विज्ञापन गरेर विज्ञापन पश्चात आएका आवेदनलाई दक्षता र क्षेमताको आधारमा नियुक्ति दिनु पर्नेमा सो विद्यालयमा भने व्यवस्थापन अध्यक्षले आफ्नो मनोमानीमा नियुक्ति दिएको पूर्व प्र.अ धन बहादुर लामाको दाबि रहेको छ ।

विद्यालयले ५ वर्ष सम्म अडिट नगर्दा र कर्मचारी नियुक्त गर्दा समेत गाउँपालिका शिक्षा शाखामा भने कुनै औपचारिक लिखित जानकारी नगराएको शिक्षा शाखा प्रमुख प्रेम कुमार पुरी बताउँ छन् । सथै यस्ता विद्यालयलाई गाउँपालीकाले आवश्यक अनुसन्धान प्रश्चात कार्बाहिमा ल्याउने पनी शाखा प्रमुख पुरीले जानकारी दिए ।

सो विद्यालयमा भएको चरम बेथिति, अनियमितता र कार्यालय सहयोगीको विद्यालयमा हाजिरी नहुँदा समेत अन्तिम हाजिरीमा वडा अध्यक्ष लोक बहादुर कुवाँरले समेत प्रमाणीत गरेको देखिन्छ । कार्यालय सहयोगीको अनुपस्थितमा पनि तलब माग गरेकोमा सथानीय तथा पूर्व विद्यालय व्यवस्थापन अध्यक्ष तथा शिक्षक हरुको गुनासो छ।

। सो बारे बुज्दा वडा अध्यक्ष कुँवरले विद्यालयको सिफारीसमा आफुले प्रमाणीत गरेर सिफारीस गरेको बताए । साथै अनिमियतता भएको भए अबश्यक कार्बाहिको लागी पछि नहट्ने वडा अध्यक्ष कुँवरले बताए ।

11575
Shares

ट्रेन्डिङ