सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काभ्रेमा मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने एक जना पक्राउ

11140
Shares
काभ्रेमा मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काभ्रे : जिल्ला प्रह री कार्यालय काभ्रेले मु द्दा मिलाई दिने भन्दै ठगी गर्ने एक जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा पनौती नगरपालिका वडा नम्बर ५ ढलमका २७ बर्षीय रमेश गिरी रहेका छन् ।

गिरीले जिल्ला अदालत काभ्रेको आदेशले एक कसूरमा पुर्पक्षका लागि थुनामा कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेको प्रतिवादी उपर लागेको कसूर मुद्दा मिलाई दिन्छु भन्दै ठगी गरेको प्रह रीले जनाएको छ ।

गिरीले थुनामा रहेको प्रतिवादीको आफन्तसंग मिति २०७८ साल भदौ १६ गते देखि पटक-पटक गरी १ लाख २० हजार रूपियाँ लिई ठ गी गरेको भन्दै प्रह रीमा उजुरी परेको थियो । उजुरीका सम्बन्धमा अनुसन्धानमा खटिएको प्रह री अधिकृत सहितको टोलीले अनुसन्धान गर्दा रमेशले जघन्य प्रकृतिको कसूरमा प क्राउ गरिएको जिल्ला प्रह री कार्यालय काभ्रेले जनाएको छ ।

गिरीले थुनामा रहेका प्रतिवादीलाई छुटाउन पीडित, प्रह री, वकिल र फैसला गर्ने निकायसम्म मिलाउनु पर्छ भनि झुट्टा आश्वासन देखाई ललाई फकाई गरेको प्रह रीले जनाएको छ । गिरी उपर “मुलुकी अपराध संहिता, २०७४” को दफा २५३ आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूरमा आवश्यक अनुसन्धान भईरहेको बताइएको छ ।

11140
Shares

ट्रेन्डिङ