सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेको महाभारतमा कांग्रेसको पक्षमा उर्लियो जनसागर

काभ्रेको महाभारतमा कांग्रेसको पक्षमा उर्लियो जनसागर

3775
Shares
काभ्रेको महाभारतमा कांग्रेसको पक्षमा उर्लियो जनसागर

काभ्रेको महाभारत गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा संगठन निकै राम्रो हुँदा हुँदै पनि हार ब्यहोरेको नेपाली कांग्रेस फेरी एक पटक जुर्मुराएको छ ।

आज एक कार्यक्रमको आयोजना गरेर कांग्रेसले महाभारत गाउँपालिकामा आफुहरूको शक्ति अझै कायमै रहेको स्पष्ट सन्देश दिएको छ । कार्यक्रममा सहभागी हुन जिल्लामा गुटको नेतृत्व गरिरहेका सबै नेता महाभारत गाउँपालिका पुग्नु भएको थियो ।

नेकपा कांग्रेसका महामन्त्री शशांक कोइराला प्रमुख अतिथि रहनुभएको कार्यक्रममा जिल्लामा गुटको संरक्षण गरिरहनुभएका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति शिव हुमागाईं र सभापति मधु आचार्य साथैमा पुग्नुभएको थियो ।

त्यस्तै त्यस क्षेत्रमा अत्यन्तै प्रभावशाली मानिनु भएका युवा नेताहरु संघीय निर्वाचन क्षेत्र नम्बर १ का सभापति एवंसंविधानसभा सदस्य तीर्थ लामा र गणेश लामा पनि पुगेर एकताको सन्देश दिने कोशिस गर्नु भएको छ ।

केहि समय अघि मात्रै वडा र पालिका अधिवेशन सकाएको कांग्रेस भित्र गुट तुस बाँकी नै रहेको बेला एउटा मञ्चमा सबै गुटका नेताहरू देख्दा स्थानीय नेता कार्यकर्ता र शुभचिन्तक छक्क परेका थिए ।

महामन्त्री कोइरालाले नेकपा माओवादीबाट २०७४ सालमा ७ न वडा अध्यक्ष उमेदवार बन्नु भएका ईन्द्र बहादुर लामा लगायत अन्य दलका दर्जनौं नेता र कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराउँनु भएको छ ।

3775
Shares

ट्रेन्डिङ