सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कांग्रेस खुला महिलातर्फ देउवापत्नीसहित ९ जना केन्द्रीय सदस्य निर्वाचित, कसले कति मत पाए ?

कांग्रेस खुला महिलातर्फ देउवापत्नीसहित ९ जना केन्द्रीय सदस्य निर्वाचित, कसले कति मत पाए ?

3125
Shares
कांग्रेस खुला महिलातर्फ देउवापत्नीसहित ९ जना केन्द्रीय सदस्य निर्वाचित, कसले कति मत पाए ?

 

काठमाडौं, ५ पुस : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।अन्तिम मतपरिणामअनुसार डीला संग्रौला २८ सय ८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।

यस्तै दोस्रोमा पुष्पा भुसाल २७ सय १८ मत, तेस्रोमा आरजु राणा देउवा २५ सय ३६ मत, चौथोमा अम्बिका बस्नेत २३ सय ३९ मत र पाँचौंमा ईश्वरी न्यौपाने २२ सय ५९ मत ल्याएका छन् ।

त्यस्तै छैटौंमा सरिता प्रसाईँ २ हजार ९६ मत, सातौंमा रमा कोइराला १८ सय ५८ मत, आठौंमा सुशीला ढकाल १८ सय ४ मत र नवौंमा रङ्गमति शाही १७ सय ८९ मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै अल्पसंख्यक खुला तर्फको केन्द्रीय सदस्यमा २१ सय ७१ मत प्राप्त गर्दै प्रदीप कुमार सुनुवार विजयी हुनुभएको छ । दोस्रो स्थानमा रहेका टीकाराम सुब्बा लेप्चाले १ हजार २३ मत पाएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

 

3125
Shares

ट्रेन्डिङ