सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रे र भक्तपुर जिल्लाका सुरक्षा निकायले यस्तो गरे निर्णय

काभ्रे र भक्तपुर जिल्लाका सुरक्षा निकायले यस्तो गरे निर्णय

9605
Shares
काभ्रे र भक्तपुर जिल्लाका सुरक्षा निकायले यस्तो गरे निर्णय

 

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु बीच अन्तर जिल्ला समन्वय बैठक बसेको छ ।

बैठकले दुई जिल्लाको सिमाबाट हुने विभिन्न गतिविधिका बारेमा छलफल गर्दै निर्णय समेत गरेको छ ।

बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो सं क्र म ण रोकथाम, नियन्त्रण र उपचार सम्बन्धि संक्रमण रोग ऐन, २०२० को स्वास्थ्य सुरक्षा मापदण्डका व्यवस्था कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै दुई जिल्लाको सिमावर्ती क्षेत्रहरुमा हुन सक्ने लागु औ ष ध बेचबिखन तथा ओसारपसार, मानव बेचविखन, बन्य जन्तु शिकार, हातहतियार तथा पुरातात्विक बस्तु ओसारपसार, सामाजिक अ प रा ध लगायत अवान्छित गतिविधि निष्तेज पार्न आवश्यक निगरानी तथा सुचना आदान प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी सडक अनुशासन कायम गर्न जिल्ला ट्राफिक प्र ह री बिच समन्वय तथा सहकार्य बढाउने, नदीजन्य पदार्थ उत्खनन् एवं दोहनलाई न्यूनिकरण गर्न संयुक्त पहल गर्ने निर्णय भएको छलफलपछि काभ्रे प्र हरीले बताएको छ ।

समन्वय बैठकमा काभ्रेपलाञ्चोक जिल्लाको नेतृत्व प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे गर्नुभएको थियो ।

काभ्रेको टोलीमा प्रमुख सेनानी मिलन थापा, प्र ह री उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकी, उप अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार सहभागि हुनुभएको थियो ।

भक्तपुर जिल्लाको नेतृत्व प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गर्नुभएको थियो ।

भक्तपुरको टोलीमा प्रमुख सेनानी श्याम राज थापा, प्र ह री उपरीक्षक शिव कुमार श्रेष्ठ, सशस्त्र प्र ह री उपरीक्षक नर बहादुर राक्त, उप अनुसन्धान निर्देशक टेक राज तिमिल्सेना, सहायक प्रमुख जिल्ला अधिकारी सिता परियार हुनुभएको थियो ।

 

9605
Shares

ट्रेन्डिङ