सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • चन्द्रागिरीमा हिउँ खेल्न जाँदा हराएका पाँच जनाको उद्धार

चन्द्रागिरीमा हिउँ खेल्न जाँदा हराएका पाँच जनाको उद्धार

19070
Shares
चन्द्रागिरीमा हिउँ खेल्न जाँदा हराएका पाँच जनाको उद्धार

 

काठमाडौं । चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्र ह रीले मध्यराति उद्धार गरेको छ ।

हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका-६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङलाई उद्धार गरिएको प्र ह रीले जनाएको छ।

उनीहरू सबै सकुशल रहेका थानकोट प्र ह रीका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए ।

प्र ह रीका अनुसार उनीहरूले आफूहरूले बाटो भूलेको भनेर राति साढे आठ बजे घरमा खबर गरेका थिए ।

घरका अरु सदस्यहरूले प्र ह रीमा जानकारी गराएपछि प्र ह री टोली परिचालित भएको थियो । खोजीमा विपद व्यवस्थापन गुल्म सामाखुसीका सदस्यहरूसमेत थिए ।

 

19070
Shares

ट्रेन्डिङ