सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेका फरार रहेका तीन जना प्रतिवादी पक्राउ

काभ्रेका फरार रहेका तीन जना प्रतिवादी पक्राउ

14005
Shares
काभ्रेका फरार रहेका तीन जना प्रतिवादी पक्राउ

काभ्रे प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दा, बहुविबाह र बैंकिङ कसुरका गरी तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सार्वजनिक अपराध मुद्दामा फरार रहेका भुम्लु गाउँपालिका वडा नं ८ का अनिमेश लामा रहेका छन् ।

लामालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो । सार्वजनिक मुद्दामा लामालाई जिल्ला अदालत काभ्रेले २०७२ माघ १० गते सजायको फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले भुम्लु गाउँपालिका वडा नं ८ बाट आज पक्राउ गरेको हो ।

त्यस्तै भुम्लु गाउँपालिकाको वडा नं ८ का कान्छाराम माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी वहुविवाह मुद्धका फरार प्रतिवादी हुन् । बहुविवाह मुद्दामा २०७७ पुस ६ गते जिल्ला अदालत काभ्रेले सजायको फैसला गरेको थियो ।

अदालतको फैसलापश्चात फरार रहेका माझीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले आजै पक्राउ गरेको हो । यस्तै बैंकिङ कसूर मुद्दामा फरार रहेका रोशी गाउँपालिका वडा नं ५ का मेख बहादुर लामालाई पनि पक्राउ परेका छन् । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि काभ्रे जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

14005
Shares

ट्रेन्डिङ