सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेल ११ मा प्याकुरेलको माहोलले अन्य दल त्रसित, आफ्नो जित सुनिश्चित भएको प्याकुरेलको दाबि

धुलिखेल ११ मा प्याकुरेलको माहोलले अन्य दल त्रसित, आफ्नो जित सुनिश्चित भएको प्याकुरेलको दाबि

12215
Shares
धुलिखेल ११ मा प्याकुरेलको माहोलले अन्य दल त्रसित, आफ्नो जित सुनिश्चित भएको प्याकुरेलको दाबि

काभ्रेको धुलिखेल नगरपालिका ११ मा वडा अध्यक्षका लागि स्वतन्त्रबाट उम्मेरदवारी दिएका आनन्द प्रसाद प्याकुरेलले घरदैलोमा तिब्रता दिएका छन् । वडा अध्यक्षका लागि स्वतन्त्रबाट आनन्द प्याकुरेलले उमेद्वारी दिएका हुन् ।

उनले चुनाब चिन्ह भने जेब्रा पाएका छन् । दैनिकी रुपमा घरदैलोलाई अगाडी बढाएका प्याकुरेलले अन्य पाटीको तुलनामा जनशक्ति प्रर्दशन गर्दै अघि बढेको छन् ।

प्याकुरेल धुलिखेल ११ पात्लेखेतका लागि सामाजिक व्यक्तित्व र सामाजिक चिन्तन र जनताका सुख दु:खमा सहयोग गर्दै आएका व्यक्ति र समाज सेविका रुपमा प्रख्यात व्यक्तिका रुपमा परिचित छन् ।

नेपाली कांग्रेसका सयौँ क्रियाशील सदस्यहरुको समर्थन सहित घर दैलोमा उनीले मत माग्दा चौतर्फी चर्चा र मत दिने जनताको बाचा पाएको उनले सबैको समाचारलाई बताए ।

उनी केहि समय अघिसम्म कारितास नेपाल नामक संस्थाको कार्यक्रम निर्देशक समेत रहेका थिए । शिक्षक समेत रहेका प्याकुरेलले पात्लेखेत कल्छेबेसीमा प्राबिधिक शिक्षालय, योगालयसहितको प्राकृतिक आयुर्वदिक अस्पताल बनाउने प्रस्ताब शिक्षा तथा समन्वय समितीबाट पारित गरेका थिए ।

र हाल सालौ भएको पात्लेखेतको आरुबोटमा आएको बाडीले पुर्याएको क्षतिले गर्दा खानेपानीको पाईप अभाब हुदा सो स्थानका लागि ५ कोईल पाईप समेत जनतालाई उपलाब्ध गराएका थिए ।

उनीले घर दैलो बढाए सँगै अन्य दल हरु पनि घरदैलोमै छन् । तर उनको माहोल देख्दा सबै दलहरु आतिएक्को महसुस गरेको प्याकुरेलको दाबि छ । उनीले आफ्नो जित सुनिश्चित रहेको समेत सबैको समाचारलाई वताएका छन् । प्याकुरेलले साविक वडा गत रुपमा कार्यक्रम तय गरि आफु अगी बढेको र सबै जनताको घर दैलोमा पुग्ने लक्ष्य रहेको समेत उनि वाताउछन ।

12215
Shares

ट्रेन्डिङ