सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मलेसियामा अब नेपालीले लेबी तिनु नपर्ने

मलेसियामा अब नेपालीले लेबी तिनु नपर्ने

2500
Shares
मलेसियामा अब नेपालीले लेबी तिनु नपर्ने

मलेसियामा कार्यरत नेपाली कामदारहरुले अब लेबी तिर्नु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नु पर्ने निर्णय गरेको हो, जसको प्रत्यक्ष लाभ नेपालीसहित त्यहाँ कार्यरत विदेशी कामदारलाई हुनेछ ।
गृहमन्त्री अहमद जाहिद हमिदीले विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिएका छन् । यो भोलि १ जनवरीबाटै लागू हुनेछ ।
यो नयाँ नियम ‘इम्प्लोयर म्यान्डेटोरी कमिटी (ईएमसी)मातहत आएको हो, जसकेा उद्देश्य रोजगारदातालाई विदेशी कामदारप्रति जिम्मेवार बनाउनु रहेको छ ।
‘बर्नामा‘का अनुसार नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।
गृहमन्त्री हमिदीले विदेशी कामदारको रेखदेख तथा अवस्था मूल्यांकन गर्न जिम्मेवारी र अवलोकन सम्वन्धी मापदण्ड छिट्टै ल्याउने बताएका छन् ।
मलेसियाले कामदारको ‘सेक्युरिटी डिपोजिट’बारे पनि पुनरावलोकनको तयारी गरेको छ ‘अहिलेको दर निकै कम र विदेशी कामदारको करार अवधि समाप्त भएपछि रोजगारदाताले फिर्ता पठाउने क्रम प्रभावकारी छैन ‘ गृहमन्त्री हमिदीले भनेका छन् ।

2500
Shares

ट्रेन्डिङ