सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान

महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान

495
Shares
महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु एक लाखसहित सम्मान गरेको छ ।

साठी वर्ष उमेर पूरा भएका ३० स्वयंसेविकालाई बिदाइका क्रममा तोकिएको अवधिसम्म सेवा पु¥याएको भन्दै नगदसहित सम्मान गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन् ।

गरपालिकाले बनाएको कानुनअनुसार १० वर्षदेखि १५ वर्ष सेवा गरेबापत रु ५० हजार, १५ वर्षदेखि २० वर्षसम्म सेवा गरेबापत रु ७५ हजार र २० वर्षभन्दा बढी सेवा पु¥याएबापत रु एक लाख दिइने उल्लेख छ । कानुनअनुसार यो आर्थिक वर्षको हालसम्म ६० वर्ष उमेर पूरा गरेर सम्मान पाउने स्वास्थ्य स्वयंसेविकाको सङ्ख्या ३० पुगेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।

जनताको घरघरमा पुगेर स्वयंसेविकाका रुपमा सेवा पु¥याउँदै आएकालाई राज्यको सेवासुविधाबाट अति न्यूनतम मात्र पाउँदै आएका स्वयंसेविकालाई गरिएको सम्मानले उत्साहित बनाएको छ । विभिन्न तहमा रहेका सरकारले सञ्चालन गर्दै आइरहेको स्वास्थ्य कार्यक्रमलाई जनताको घरघरमा पु¥याउने स्वास्थ्य स्वयंसेविकाले काम गरेको दिन न्यूनतम पारिश्रमिक मात्रै पाउने गरेका छन् ।

495
Shares

ट्रेन्डिङ