सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनःगठन हुन्छः अध्यक्ष यादव

संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनःगठन हुन्छः अध्यक्ष यादव

1275
Shares
संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनःगठन हुन्छः अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ सरकारकामा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुनःगठन हुने बताउनुभएको छ ।

शुक्रवार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै मधेस सरकार पुनःगठन हुने बताउनुभएको हो । उहाँले संघीय सरकारमा भएको गठबन्धन अनुरुप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताउनु भयो । मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उहाँले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको बिरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणलाई अपराध भएको टिप्पणी गर्दै कठोर छानबिन हुनुपर्ने बताउनु भयो ।

1275
Shares

ट्रेन्डिङ