सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु, आमा घाइते

पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु, आमा घाइते

1925
Shares
पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु, आमा घाइते

काठमाडौँ : काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ ।

गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । छोरा भने सकुशल रहेको मेयर महर्जनले जानकारी दिए ।

1925
Shares

ट्रेन्डिङ