सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसन सम्पन्न

‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसन सम्पन्न

2400
Shares
‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसन सम्पन्न

काभ्रे : बनेपामा ‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसन सम्पन्न भएको भएको छ । हलिनेवा गुठी काभ्रे मिशा कचाको आयोजनामा ‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसन बनेपामा सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा काभ्रेका विभिन्न स्थानका नेवार समूदायका बालवालिकाको सहभागीता रहेको आयोजक मनिषा श्रेष्ठले जानकारी दिईन् । प्रतियोगितामा ३१ जना बालबालिका छनौट भएका छन् ।

पहिलो चरणको छनौट ट्रेनर इन्द्रनारायण भैल, मिस टिन बिजेता निकिता शाक्य श्रेष्ठ, व्युटिसियन लक्ष्मी श्रेष्ठ, फेसन डिजाइनर शुसान्त काजी श्रेष्ठले गरेका थिए ।कार्यक्रममा हलिनेवा गुठी काभ्रे मिशा कचाका काभ्रेका अध्यक्ष विनु कर्माचार्यले ‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको फाइनल असोज ३ गते हुनेछ । यस अवधिमा प्रतियोगिहरुलाई तालिम दिने, उनीहरुको क्षमता अभिवृद्धि गरिने कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष कर्माचार्यले बताईन ।

2400
Shares

ट्रेन्डिङ