सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध : निष्पक्ष छानविन, अनुसन्धान गर्न काभ्रे कांग्रेसको माग

गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध : निष्पक्ष छानविन, अनुसन्धान गर्न काभ्रे कांग्रेसको माग

2855
Shares
गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध : निष्पक्ष छानविन, अनुसन्धान गर्न काभ्रे कांग्रेसको माग

काभ्रे । बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले आफूलाई अनावश्यक विवादमा मुछेर गलत प्रचार नगर्न सम्बद्ध सबैमा अनुरोध गरेका छन् । २०८० भाद्र २५ गते काठमाडौंमा सुन जस्तो पहेंलो धातुको डल्ला (९६० ग्राम) बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर समाचार प्रकाशित भइरहेको भन्दै उनले विज्ञप्तिमार्फत खण्डन गरेका छन् ।

 


‘कपोलकल्पित, तथ्यहिन र पूर्वाग्रही’ समाचारले आफूलाई मर्माहत र दुःखित तुल्याएको भन्दै उनले समाचारमा कुनै सत्यता नरहेको र कुनै प्रकारको संलग्नता नरहेको विज्ञप्तिमार्फत आवश्वत पारेका छन् ।

‘बाग्मती प्रदेश सरकारको मन्त्री र नेपाली कांग्रेस काभ्रेको सभापतिको हैसियतमा मेरो धेरै जनसम्पर्क हुन्छ, ती समयमा वा अन्य कुनै प्रसंगमा कसैले खिचेका तस्विर समेत राखेर समाचार प्रकाशित गरिनु, सामाजिक सञ्जालमा अतिरञ्जित बनाउनु मेरो राजनीतिक र चारित्रिक हत्या गर्ने कुत्सित मनसाय बाहेक केही होइन,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘मलाई विवादमा ल्याउन चाहने निकृष्ट मानसिकता र दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु ।’

मन्त्री लामाले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा म आफू दृढ रहेको उल्लेख गर्दैै दोषी पत्ता लगाउन र दोषीलाई कानुन बमोजिम कारवाहीको पनि माग गरिएको छ । साथै घटनाको सत्यतथ्य छानविन गर्न आवश्यक अनुसन्धानमा सम्बन्धित निकायलाई सहयोगका लागि प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । गलत सूचनाका आधारमा कसैको मानहानी हुने गरी समाचार सम्प्रेषण नगर्न, सामाजिक सञ्जालमा अतिरञ्जित नगर्न र लोकतन्त्रको आधारभूत सिद्धान्त अनुसार नागरिकलाई सत्य तथ्य सूचना मात्र प्रवाह गर्न सम्बद्ध सबैमा अनुरोध समेत गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले पनि एक विज्ञप्ती जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिवद्वय गुणराज मोक्तान र माधव ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा आफ्ना सभापतिको चरित्र हत्या गर्ने, सामाजिक मर्यादामा आँच पु¥याउने दुषित मनसायका साथ प्रकाशित झुठा र आधारहीन समाचारप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे घोर भत्र्सना, निन्दा एवं खण्डन गर्दै उक्त झुठा समाचारको कारण कुनै भ्रममा नपर्नु हुन सम्पूर्ण जनसमुदाय समक्ष अनुरोध गरिएको छ ।

कलुषित मनसायका साथ प्रकाशित यस्ता घृणित झुठा समाचार प्रचार प्रसार नगर्नु नगराउनु हुन र जनतालाई सत्यतथ्य सूचना मात्र संप्रेषण गर्न सम्बन्धित सञ्चार माध्यमको ध्यानाकर्षण पनि गरिएको छ । नेपाली कांग्रेस काभ्रेले उक्त घटना उपर छानविन एवं अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउनु हुन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दै प्रकृयामा सहयोग गर्न नेपाली कांग्रेस काभ्रे प्रतिबद्ध रहेको जनाएको छ ।

2855
Shares

ट्रेन्डिङ