सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • माटोको ढिस्कोले पुर्दा १७ वर्षीय डोरबहादुरको मृत्यु

माटोको ढिस्कोले पुर्दा १७ वर्षीय डोरबहादुरको मृत्यु

845
Shares
माटोको ढिस्कोले पुर्दा १७ वर्षीय डोरबहादुरको मृत्यु

गुल्मी :- गुल्मीमा माटोको ढिस्कोले पुर्दा वर्षीय किशोरको मृत्यु भएको छ। रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

 

मृतकको शब पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । सोही पहिरोमा परी घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन्। घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान थालेको छ। लाई

845
Shares

ट्रेन्डिङ