सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

काभ्रेमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

41490
Shares
काभ्रेमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

काभ्रेको बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नम्बर ७ धनेश्वर गेट नजिकै टिपरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक रोशी गाउँपालिका वडा नम्बर ८ खार्पाचोक घर भएक ३९ बर्षीय सिद्धि कुमार लामाको उपचारको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

लामालाई शीरमेमोरीयल अस्पताल बनेपामा उपचार हुन नसकेपछि थप उपचारको लागि अन्नपुर्ण न्यूरो अस्पताल काठमाण्डौ रिफर गरिएको थियो । उनको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हिजो बनेपाबाट पनौती तर्फ जादै गरेको बा.८४ प ६९५९ नम्बरको मोटरसाइकलाई बिपरीत दिशाबाट आउँदै गरेको बा.४ ख.९९७५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

लामालाइ शीरमेमोरीयल अस्पताल बनेपामा उपचार हुन नसकेपछि थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौ रिफर इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

ठक्कर दिने टिपर, टिपर चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ ।

41490
Shares

ट्रेन्डिङ