सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • चट्याङ लागेर १८ वटा भेडाबाख्रा मरे

चट्याङ लागेर १८ वटा भेडाबाख्रा मरे

840
Shares
चट्याङ लागेर १८ वटा भेडाबाख्रा मरे

लमजुङ । चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरेका छन् । मर्स्याङ्दी गाउँपालिका–५ सञ्जापुमा रहेकाे भेडीगोठमा आज मङ्गलवार दिउँसो १ बजेको समयमा चट्याङ लागेर स्थानीय किसानका १८ वटा भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार चट्याङबाट स्थानीय धनराज घलेका तीन वटा बाख्रा र १० वटा भेडा मरेका छन् । यस्तै सुकुमराशी गुरुङका तीन वटा बाख्रा र दुई वटा भेडा मरेका छन् ।

चट्याङबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक चपाईले बताउनुभयो ।

840
Shares

ट्रेन्डिङ