सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अटाे रिक्सा दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, एकै परिवारका ४ घाइते

अटाे रिक्सा दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, एकै परिवारका ४ घाइते

1125
Shares
अटाे रिक्सा दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, एकै परिवारका ४ घाइते

दाङ । दाङकाे बङ्गलाचुीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ भने चार जना घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका–५ झेलखोलमा रा १ ह २४०१ नम्बरकाे अटो रिक्सा दुर्घटना हुँदा त्यही ठाउँका ५५ वर्षीया विवा बुढा मगरको ज्यान गएको इलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरी सहायक निरीक्षक सहदेव योगीले जानकारी दिनुभयो ।

दुर्घटनामा झेलखोलका एकै परिवारका चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा ३६ वर्षीय मतिराम बुढा, ३० वर्षीय ऋखिराम बुढा, ४० वर्षीय मानबहादुर बुढा र २६ वर्षीय हिरा घर्ती रहेका छन् ।

उनीहरूकाे उद्धार गरी उपचारका लागि राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही पठाएकाे प्रहरी सहायक निरीक्षक योगीले बताउनुभयाे । झेलखोल गाउँबाट बङ्गलाचुली–५ मुर्कुटी बजार आउँदै गर्दा अटो रिक्सा दुर्घटनामा परेको हो ।

अटो रिक्सा चालक प्युठानकाे माण्डवी गाउँपालिका–२ का गेमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेकाे छ ।

1125
Shares

ट्रेन्डिङ