सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पूर्व राजा ज्ञानेन्द्र काभ्रेमा, रातको २ लाखसम्म पर्ने होटलमा बास

पूर्व राजा ज्ञानेन्द्र काभ्रेमा, रातको २ लाखसम्म पर्ने होटलमा बास

1540
Shares
पूर्व राजा ज्ञानेन्द्र काभ्रेमा, रातको २ लाखसम्म पर्ने होटलमा बास

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काभ्रेपलाञ्चोक आइपुगेका छन् । ज्ञानेन्द्र होटलमा परिवारसहित आएका हुन् ।

काभ्रेस्थित धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा बस्ने गरी राजा ज्ञानेन्द्र आएका हुन् । पूर्वराजपरिवारका सदस्य रिफ्रेसमेन्टका लागि होटलमा आएको हुनसक्ने होटल स्रोतले जनाएको छ ।

रिसोर्टमा सेवाग्राहीले सामान्य कोठामा प्रतिदिन न्यूनतम् ३०० डलर खर्च गरी बस्न सक्ने जनाएको छ । त्यस्तै, रिसोर्टको ३ बेडरुमको १५०० डलर तोकेको छ ।

दुसित थानी थाइल्यान्डको चर्चित होटेल चेन हो । रिसोर्टमा लक्जरी भिल्लासहित ८५ कोठा छन् । ६३ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा दुसित थानी समूहको ८५ प्रतिशत र स्थानीय साझेदार रमेश हमालको १५ प्रतिशत लगानी छ । धितोपत्र बोर्डका अध्यक्ष रहेका रमेश हमाल स्थानीय साझेदारको रिसोर्ट २ अर्ब ४० करोड लगानीमा असार २२ गतेदेखि सञ्चालनमा आएको होटल नेपालकै लक्जरी मध्येको एक हो ।

दुसित होटल एण्ड रिसोर्टको व्यवस्थापनमा भारत, दुबई, माल्दिभ्स, केन्या, कतार, सिंगापुर, युएई, थाइल्यान्ड, चीनलगायत अन्य ४० भन्दा बढी देशमा होटल तथा रिसोर्ट सञ्चालित छन् ।

1540
Shares

ट्रेन्डिङ