सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • रुकुम पश्चिममा जिप दुर्घटना २२ जना घाइते, ५ सिकिस्त

रुकुम पश्चिममा जिप दुर्घटना २२ जना घाइते, ५ सिकिस्त

565
Shares
रुकुम पश्चिममा जिप दुर्घटना २२ जना घाइते, ५ सिकिस्त

रुकुम पश्चिममा जिप दुर्घटना भएको छ ।

जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । ५ जना घाइतेको अवस्था गम्भीर छ ।

चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा आज बिहान दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

565
Shares

ट्रेन्डिङ