सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • भिबोर सोसाइटी को लालबन्दी स्थानान्तरण

भिबोर सोसाइटी को लालबन्दी स्थानान्तरण

6560
Shares
भिबोर सोसाइटी को लालबन्दी स्थानान्तरण

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दी शाखाकार्यालय स्थानान्तरण गरेको छ । ग्राहकवर्गमा सरल, सहज र अधिकपहुचको दृष्टिल उक्त शाखालाई साविक लालबन्दी, पुरानो  क्षेत्रबाट सोहि वडाको करिब ५०० मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको छ । २०७२ सालको महाभुकम्पका कारण उक्त कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो ।
उक्त शाखा स्थानान्तरण कार्यक्रमको समुद्घाटन बैंकका अध्यक्ष सुशिल राज पराजुलीले गर्नुभयो । उक्त अवसरमा अध्यक्ष पराजुलीले उद्घाटन मन्तव्यका क्रममा लालबन्दीबासीसंग यस बैंकको शुरुवात देखि नै गहिरो पारस्परिक सम्वन्ध रहेको स्मरण गराउनु भयो ।
साथै अध्यक्षपराजुलीले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक हालसम्म देशका विकास बैंकहरुमा सबैभन्दा बढी चूक्ता पुंजि रु.१८१.५० करोड रहेको अवगत गराउनु भयो ।
यस बैंकले आफ्ना शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ATM, ABBS, Mobile Banking लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण रपरिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीयकार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टरबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
हालसालै भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. लाई Summit of Leaders-2016, Socrates Award Ceremony,  अक्सफोर्ड, लण्डनमा सम्पन्न अन्तर्राष्ट्रिय BEST ENTERPRISE AWARD  बाट सम्मानित गरिएको छ ।  साथै यस डेभलपमेन्ट बैंक लि. का प्रमुखकार्यकारी अधिकृत झलक प्रसाद खनाललाईMANAGER OF THE YEAR समेत घोषणा गरिएको थियो ।

6560
Shares

ट्रेन्डिङ