सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • परालले छोपेको अवस्थामा महिलाको शव

परालले छोपेको अवस्थामा महिलाको शव

755
Shares
परालले छोपेको अवस्थामा महिलाको शव

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव भेटिएको छ ।

मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर भए लगत्तै  घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगिसकेको छ ।

दुई/तीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिएका छन् ।

755
Shares

ट्रेन्डिङ