सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

740
Shares
स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौँ । स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि त्रिभुवन विश्वविद्यालयले मापदण्ड परिवर्तन गरेको छ ।

यसअघि दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेको थियो ।

अब त्रिवि वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी विषय पढ्न पाउनेछन् ।त्रिवि अङ्ग्रेजी विभागका प्रमुख प्रा डा जीवलाल सापकोटाका अनुसार कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको विद्यार्थीले अङ्ग्रेजीमा स्नात्तकोत्तर तहमा पढ्न पाउने भएका छन् ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो ।

मापदण्ड अनुसार त्रिविबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट न्यूनतम एक सय पूर्णाङ्क वा सोसरह अङ्ग्रेजीसहित हुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने छ । यस्तै अङ्ग्रेजी मातृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।

740
Shares

ट्रेन्डिङ