सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • भुटानी शरणार्थी नेता रिजाल र पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश

भुटानी शरणार्थी नेता रिजाल र पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश

745
Shares
भुटानी शरणार्थी नेता रिजाल र पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । भुटानी शरणार्थी नेता रिजाल रपूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

रिजालले इन्कारी बयान दिएको र जाहेरवालाबाट समेत रकम लिएको पुष्टि नभएको भन्दै रिजाललाई छाड्न आदेश भएको हो ।उनी भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको भन्दै रिजाललाई थुनामा राखी राख्नुनपर्ने उच्च अदालतले भनेको छ । ४ जेठमा प्रहरीले रिजाललाई पक्राउ गरेको थियो ।

यसैगरी, सहप्रतिवादी र प्रतिवादीले उनलाई पोल गरेको नदेखिएको र केसीले इन्कारी बयान दिएको भन्दै नरेन्द्र केसीलाई पनि धरौटीमा छाड्ने आदेश भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा केसी २७ वैशाखमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै पक्राउ परेका थिए ।

745
Shares

ट्रेन्डिङ